मधेशका मुख्यमन्त्री यादवले लिए शपथ
काठमाडौं। मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
आइतबार बिहान प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष यादवले शपथ लिएका हुन् । कांग्रेस संसदीय दलका नेता यादव यही मंसिर १९ गते ७ दलका ७७ प्रदेश सभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
