सुदूरपश्चिम महोत्सवको तयारी पुरा, अर्थमन्त्री रामेश्वर खनालले महोत्सव उद्घाटन गर्ने

द एभरेष्ट पोष्ट
२२ मंसिर २०८२ ८:०९
सुदूरपश्चिम महोत्सवको तयारी पुरा, अर्थमन्त्री रामेश्वर खनालले महोत्सव उद्घाटन गर्ने

 धनगढी २१ मंसिर ।  धनगढीमा सोमबारदेखि सुरु हुने सुदूरपश्चिम महोत्सवको तयारी पूरा भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित पशुपति टोलमा लाग्ने महोत्सवको तयारी पूरा भएको आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
संघले महोत्सवको तयार पूरा भएको जानकारी गराएको हो । २२ गतेबाट सुरु हुने महोत्सव पुष २ गतेसम्म चल्ने छ । महोत्सवको उद्घाटन  भोलि दिउँसो (सोमबार) २ बजे अर्थमन्त्री रामेश्वर खनालले गर्ने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर राज ओझाले जानकारी दिए ।

त्यसअघि बिहान ११ बजे प्रभातफेरीको आयोजना गरिएको छ । महोत्सवमा अनुमानित २ करोड भन्दा बढीको लगानीमा उत्कृष्ट रुपमा सम्पन्न गरिने छ भने महोत्वस उद्योगी व्यवसायको १५ करोड वरावरको कारोवार हुने अनुमान गरिएको अध्यक्ष ओझाले बताए ।

महोत्सवमा कृषि,जडिवुटी,हस्तकला, फर्निचर,अटोमोवाइल्स,गारमेन्ट,इलेक्टोनिकल,होटल र सुचना प्रविधि गरि ५ सय ५० जति संख्याको स्टलहरुको सहभागीता रहेको छ ।

महोत्सवमा अपांग, बृद्ध, फरक क्षमता भएका व्यक्ति, संघका सदस्य व्यवसायीलाई निःशुल्क प्रवेश, खेलाडी तथा विद्यार्थीहरुलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको संघका सचिव प्रकाश चन्दले बताए । उनले महोत्सवमा आउने दर्शकहरुका लागि रमाईलो मेलामा मुख्य आकर्षकको रुपमा फिलिपिन्सबाट ल्याइएको जलपरी रहेको जानकारी दिए ।

महोत्सवमा स्थानीय परिकार, उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिएको छ भने यस वर्षको महोत्सवमा करिब ५ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस