बाजुराको मार्तडीमा आगलागी हुँदा दुई करोड बढीको क्षति
बाजुरा । बाजुराको सदरमुकाम मार्तडीस्थित एक ग्यारेजमा आगलागी भएको छ ।
मंगलबार दिउँसो विद्युत सर्ट हुँदा सदरमुकाम मार्तडीस्थित प्रकाश थापाको ग्रिल, फर्निचर उद्योग तथा ग्यारेजमा आगलागी भएको हो ।
ग्यारेजमा आगलागी हुँदा झण्डै दुई करोड भन्दाबढीको क्षति भएको जिल्ला प्रहरीका कार्यालय बाजुराले जनाएको छ ।
दम्कल नहुँदा आगो निभाउन निकै सकस भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी लक्ष्मीराज जोशीले बताए ।
आगलागीबाट ग्रिल, फर्निचन र ग्यारेजमा राखेका सबै सामग्री जलेर नष्ट भएका छन् । आगलागीबाट मानवीय क्षति भने नभएको अधिकारी जोशीले बताए ।
