एनपीएल : कुशल मल्लले छक्का प्रहार गर्दा चिअरलिडर घाइते

द एभरेष्ट पोष्ट
१७ मंसिर २०८२ १४:२९
एनपीएल : कुशल मल्लले छक्का प्रहार गर्दा चिअरलिडर घाइते

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलबार भएको खेलमा चितवन राइनोजका ब्याटर कुशल मल्लले अर्को अनौठो घटना गराएका छन् ।

जनकपुर बोल्ट्सविरुद्धको खेलका क्रममा ब्याटिङका क्रममा उनले छक्का प्रहार गरेको बलले लागेर एकजना चियरलिडर घाइते हुन पुगेकी छन् ।

पहिले ब्याटिङ गरेको चितवनका लागि अन्तिम ओभरको तेस्रो र चौथो बलमा कुशलले दुई छक्का हानेका थिए ।

उनले चौथो बल पनि छक्का प्रहार गरे । त्यही बलले चियर गरिरहेको अवस्थामा नाकमा लागेर घाइते हुन पुगेकी हुन् ।

क्रिकेट बलले लागेर नाकमा गहिरो चोट देखिएपछि उनलाई तत्कालै अस्पतालमा उपचारका लागि लगिएको छ।

यसअघि २ मंसिरमा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले प्रहार गरेको शक्तिशाली छक्काले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको कमेन्ट्री बक्सको सिसा फुटेको थियो ।

विराटनगर किङ्ग्सविरुद्ध २२१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा भुर्तेलले आक्रामक ब्याटिङ गर्दा सिसा फुटेको थियो ।

विराटनगरका तीव्र गतिका बलर मर्च्यान्ट डे लाङ्गेको बलमा भुर्तेलले लङ-अन क्षेत्रमाथि प्रहार गरेका थिए। बलले मैदानमा रहेको कमेन्ट्री बक्सको झ्यालको सिसा फुटाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस