चितवनले जनकपुरलाई दियो १७७ रनको लक्ष्य
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो खेलमा चितवन राइनोजका ओपनर डविड मलान र अर्जुन साउदको बलियो साझेदारी गरेसँगै जनकपुर बोल्ट्सले १७७ रनको लक्ष्य पाएको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ राजेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको हो ।
यस इनिङमा चितवनका ओपनर डविड र अर्जुनले ११२ रनको बलियो साझेदारी गरे । १३ ओभरको ४ बलमा जनकपुरले पहिलो विकेटका रुपमा अर्जुनलाई ब्याटिङबाट बिदा गरेको हो ।
अर्धशतक प्रहार गरेर आउट भएका उनले ३९ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५२ रन जोडे । अर्का ओपनर डविडले १८ ओभरको २ बलसम्म टिके । उनले ५४ बलमा ४ चौका र ५ छक्काको सहयोगमा ८० रन जोडे ।
यी ओपनरले ब्याटिङ उकास्दा चितवन शक्तिशाली बनेको थियो । कप्तान कुशल मल्लले १४ बलमा अविजीत ३० रन जोड्न २ चौका र २ छक्का प्रहार गरे । सैफ जैबले ५ बलमा ७ रन जोडे ।
