भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित

द एभरेष्ट पोष्ट
२७ कार्तिक २०८२ १५:३१
भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित

काठमाडौं । मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । बुधबार (कात्तिक २६) काठमाडौंमा आयोजित पार्टी समायोजनक कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रावललाई पार्टीमा भित्र्याएका हुन् ।

यसअघि नेपाली कम्युनिस्ट पार्टी र रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान नेपाल’बीच पेरिसडाँडामा सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

सहमति पत्रमा देश र जनताको सर्वोपरी हित एवं सुशासन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरणको अभिभारा देशसामु रहेको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस