शिक्षा मन्त्रालयले सिंहदरबारबाटै थाल्यो काम

द एभरेष्ट पोष्ट
१७ कार्तिक २०८२ १४:४६
शिक्षा मन्त्रालयले सिंहदरबारबाटै थाल्यो काम

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कामकाज सिंहदरबारबाटै हुने भएको छ । जेनजी आन्दोलनमा सिंहदरबारस्थित मन्त्रालय आगजनी भएपछि केसरमहलमा सारिएको थियो । मन्त्रालयका प्रवक्ता शीवकुमार सापकोटाका अनुसार तिहारपछि सिंहदरबाट सेवा सुरु गरिएको छ । ‘तिहारपछि सिंहदरबारमै काम सुरु भएको छ । केसरमहलबाट क्रमशः सार्ने काम भइरहेको छ,’ उनले भने । आगजनीले क्षति भएको मन्त्रालयको मर्मत पनि भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस