प्रधानमन्त्री ओली चीन प्रस्थान

काठमाडौँ,१७ मंसिर ।
प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली त्यसतर्फ गएका हुन् ।
प्रधानमन्त्री ओली नेतृत्वको टोली आज बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट स्थानीय समयअनुसार साँझ ६ः १० बजे चीनको राजधानी बेइजिङ पुग्नेछ ।
जनस्तर र सरकार–सरकारका बीचमा परम्परागत र मित्रवत् सम्बन्धको लामो इतिहास भएको नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको यस भ्रमणको सबै तयारी पूरा भइसकेको छ ।
आइतबार साँझ भएको मन्त्रिपरिषद्को बैठकले भ्रमणका क्रममा हुने दुईपक्षीय कार्यसूची र सहयोगका क्षेत्रहरुलाई अन्तिमरुपमा दिइसकेको छ ।